latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

भैरहवा, १३ माघ । रुपन्देहीको सिद्धार्थनगर १ बेलहियामा अवस्थित श्री बेलहिया माध्यमिक विद्यालयमा नयाँ बालकक्षाको उद्घाटन भएको छ । शैक्षिक तथा खेलकुद सामग्रीसहित आधुनिक तरिकाले अध्यापन गराउन सहज होस भन्ने उद्देश्यका साथ बसन्तपंचमी (सरस्वती पूजा) को शुभदिनमा कक्षाको उद्घाटन गरी संचालनमा आएको हो ।

प्रारम्भिक बाल विकास केन्द्रका बालबालिकालाई लक्षित गरि निर्माण गरिएको बालमैत्री कक्षा उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, वडाध्यक्ष उज्जज्वल पोख्रेल, समाजसेवी देवराज न्यौपाने लगायतले विद्यालयको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शैक्षिकस्तर सुधार गर्न शिक्षकको व्यवहारमा परिवर्तन गर्दै अभिभावक र विद्यार्थी तीनै पक्षको सहकार्य र समन्वयले शैक्षिक विकास सहजै गर्न सकिने बताउँदै शैक्षिक विकासका लागि भौतिक सुधारको खाँचो भए पनि त्यसबाट मात्र सबै कुरा हासिल नहुने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

बालविकास तथा स्याहारसँगै पढाइमा रुचि बढाउन र बालबालिकाको पढाइमा बानी विकास गर्न नयाँ भवनमा बाल कक्षाको सूरुवात गरिएको हो । कक्षा कोठामा वालपेन्टिङ, कारपेटिङ, पढाईसँगै खेलकुद र विविध किसिमका मनोरञ्जनात्मक क्रियाकलापको माध्यमद्वारा सम्पूर्ण बालबालिकाको सर्वाङ्गीण विकासका लागि पनि कक्षा कोठालाई आवश्यकता अनुसार व्यवस्थापन गरेर सजाइएको विद्यालयकी प्राचार्य विना भण्डारीले बताइन । उनले विद्यालयको विकास एक दुई जनाले सम्भव नभएको बताउँदै विद्यालय व्यवस्थापन समिति शिक्षक, विद्यार्थी र शिक्षाप्रेमीहरुको सामुहिक प्रयासले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान अपरिहार्य हुने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय