latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

खोटाङ, १२ माघ । अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रशारणलाईनको टावर निर्माणका क्रममा अधिग्रहण गरिएका जग्गाका धनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । संखुवासभामा निर्माणाधिन चार सय केभी क्षमताको जलविद्युत आयोजनाको प्रशारणलाईनको टावर निर्माणका लागि साकेला गाउँपालिकामा अधिग्रहण गरिएका जग्गाका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको हो ।

गत कात्तिक यता साकेला गाउँपालिकाभित्रका ३० जना जग्गाधनीलाई मुआव्जा वितरण गरिसकिएको अरुण तेस्राे जलविद्युत् आयोजनाका खोटाङ साइडअफिसर अमृत कार्कीले बताए ।

साकेला गाउँपालिकामा अरुण तेश्रो जलविद्युत आयोजनाको टावरको फाउण्डेसन रहने स्थानका ९२ कित्ता निजी र चार कित्ता सरकारी जग्गा अधिग्रहण गर्ने निश्चित गरी मुआब्जा वितरण सुरु गरिएको हो । साकेलामा ८० जग्गा धनीलाई मुआव्जा वितरण गरिने साइडअफिसर कार्कीले बताए । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका २९ जना, साकेला गाउँपालिका–२ रतन्छाको २० जना, साकेला गाउँपालिका–४ मात्तिमको १२ जना र साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङको १९ जनाको जग्गा अधिग्रहण गरेवापत मुआब्जा वितरण गर्ने निश्चित भएको छ ।

संखुवासभाबाट भोजपुर, खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुरबाट ढल्केबर–बथनाहामा जोडिने अरुण तेस्राेको प्रशारणलाईनका लागि साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका करिब ६.४ हेक्टर जग्गा अधिग्रहण हुनेछन् । आयोजनाका लागि साकेला गाउँपालिकाभित्र ३९ वटा र दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र ४१ टावर निर्माण हुने अरुण तेश्रो जलविद्युत आयोजनाका साईडअफिसले जनाएको छ । टावर वरपरका २३/२३ मिटरभित्रको जग्गा अधिग्रहणको व्यवस्था छ ।

जलविद्युत् आयोजनाको प्रशारणलाईनको रुटमा पर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिकाभित्रका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालयले माघ ७ गते जग्गा प्राप्ती गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । कार्यालयले रुटमा पर्ने जग्गा पूर्ण वा आंशिकरुपमा तथा जग्गामा रहेका घर, गोठ, टहरा लगायतका भौतिक संरचनाका साथै रुख बिरुवा समेत स्थायीरुपमा प्राप्ती गर्नेगरी सुचना प्रकाशित गरेको हो ।

सूचना प्रकाशित भएको मितिदेखि नै प्राप्ति गरिने जग्गा रोक्का रहने भन्दै प्रशासनले उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्य नगर्न नगराउन भनेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका जग्गाधनीलाई मुआब्जा वितरणका लागि मुआब्जा निर्धारणको काम प्रक्रियामा रहेको जनाइएको छ । आयोजनाको प्रशारणलाईनको २७ किलोमिटर खण्ड खोटाङभित्र हुनेछ ।

भारतको सतलज हाइड्रो कम्पनीले ठेक्का लिएको अरुण तेश्रो आयोजना २०७५ वैसाख २८ गते नेपालका तत्कालिन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँबाट शिलान्यास गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय