latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शुक्रबार , साउन १५, २०८३

काठमाडौ, १३ माघ । शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यसअघि बिहिबार पनि अमेरिकी डलरको खरिदबिक्री सोहि मूल्यमा भएको थियो ।

युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६१ पैसा पाइन्छ। अघिल्लोदिन यसको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसामा भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ११ पैसा तोकिएको छ। यसअघि यसको खरिदमूल्य १६० रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य १६१ रुपैयाँ ६ पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर ९३ रुपैयाँ नाघेको छ । यसको खरिददर ९२ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९३ रुपैयाँ २ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा कायम रहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर शुक्रबार ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६३ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसामा पाइन्छ।

यसैगरी, शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८२ पैसामा कारोबार भैरहेको छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ६ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय