
काठमाडौँ- संसारभरि अर्बौँ प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुक र यसका अन्य दुई भातृ सामाजिक सञ्जालहरु इन्स्टाग्राम र ह्वाट्स एप सोमबार बेलुकी नेपाली समयअनुसार करिब साढे नौ बजेदेखि ठप्प छन्।
विभिन्न फोरमहरुमा हजारौँ हजार प्रयोगकर्ताहरुले यी सामाजिक सञ्जालका एप्स नचलेको बताएका छन्। प्रयोगकर्ताहरुले पेजमा ‘इरर’ देखेको प्रतिक्रिया दिइरहेका छन्।
फेसबुक यो तहमा डाउन भएको सम्भवत: पहिलोपटक हो। यसअघि २०१९ मा भएको यस्तै प्राविधिक त्रुटिका कारण फेसबुक केही समय बन्द भएको थियो।
२०१९ मा भर्जमा प्रकाशित डकुमेन्टअनुसार फेसबुकका प्रमुख कार्यकारी मार्क जुगरबर्गले त्यसबेला भएको प्राविधिक त्रुटिलाई ‘बिग डिल’ भनेका थिए।
संसारभरिका सञ्चारमाध्यमहरुले फेसबुकको यो प्राविधिक कमजोरीलाई ब्रेकिङ समाचार भनेर पस्किरहेका छन्।
एकसाथ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत व्यापक गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।
फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान प्रदान हुन सकेको छैन । यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ । यी सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।