latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, ९ माघ
सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावरले माघ ९ गते सोमबारदेखि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि बाडफाडर गरेको छ। कम्पनीले १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागी र ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिसकेको छ भने यसैगरी बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लगानीकर्ताहरुले आवेदन दिनसक्नेछ ।

यस कम्पनीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन पाउनेछन् भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन गरेको कम्पनीमा आईपीओ निष्कासन गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत पनि गर्दछ ।

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

सो आईपीओमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

उक्त आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृित प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सी–आस्बा प्रणालीबाट आवेदन दिन सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय