latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, ९ माघ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्न सम्मान सम्मानित भएकी हुन् ।

गत शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ विशेष समाहरोहमा पूर्वप्रधानमन्त्री ओलीबाट गायिका लामालाई एपिक संगीत रत्न सम्मानपत्र प्रदान गरेर सम्मानित गरिएको हो । उनलाई एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नयरपालिका वडा नं ४ को सहकार्यमा आयोजन गरिएको उक्त चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ समारोहमा सयौँ गीतमा स्वर भरेकी गायिका लामासहित विभिन्न कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

एपिक संगीत रत्न सम्मानबबाट सम्मानित गायिका लामाले ‘मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई, आगो, तिमीलाई जती माया’लगायत दर्जनौँ लोकप्रिय गीतहरु नेपाली गीतसंगीत क्षेत्रमा योगदान दिएकी छन् ।

पछिल्लो समय व्यस्त रहेकी उनी देश विदेशमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुनलाई भ्याइनभ्याइ छ । उनी हङकङ, कोरिया, दुबई, मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएकी छन् ।

उनले पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड (२०७३ सर्वोत्कृष्ठ नवगायिका), पहिलो नेपाल म्युजिक अवार्ड (२०७५ सर्वोत्कृष्ठ नवगायिका), ११औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत), नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत) लगायत दर्जनौँ अवार्डहरु हात पारिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय