latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एजेन्सी
मुम्बई, ८ माघ
अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक फिल्म ‘पठान’ यही बुधबार अर्थात जनवरी २५ बाट रिलिज हुँदैछ । फिल्म रिलिजको तयारी भइरहँदा अभिनेता शाहरुख खान र उनका फ्यान जति उत्साहित छन्, त्यो भन्दा बढी उत्साह हलवालामा छ । भारतका सीमित ठाउँमा मात्र फिल्मको बुकिङ खुलिरहँदा दर्शकले सबै हलमा बुकिङ खोल्न माग गरिरहेका छन् । अधिकांश हलवालाले लामो समयसम्म दर्शकहरु फिल्म हेर्न हलमा नआइरहँदा फिल्म ‘पठान’ले ती दर्शक पुनः हलमा आएर टिकट बुक गर्न थालेको बताएका छन् ।

फिल्म व्यापार विश्लेषक तरण आदर्शले ‘पठान’ प्रति फिल्म उद्योगका सबैजना उत्साहित र आशावादी रहेको बताए । ‘मैले प्रमुख तीन प्रदर्शकसँग कुरा गरेको थिएँ । उनीहरु खुशीले उफ्रिएका छन् । उनीहरु फिल्मलाई २५ जनवरीभन्दा अगाडि नै ल्याउन माग गरिरहेका छन् । एउटा फिल्मको लागि सिंगो उद्योग नै आश्रित हुनु एउटा दुर्लभ उदाहरण नै हो । यसले अगाडिको बाटो देखाउनेछ । पहिलो त्रैमासिकमा धेरै राम्रा फिल्म आउँदैछन् । तर जब पहिलो बलमा चौका मारिन्छ, त्यसको महत्व नै फरक पर्छ’, तरुण भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय