latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाद प्रचण्डले चारजनाको ज्यान जानेगरी सुर्खेतमा भएको जिप दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । आइतबार बिहान छिन्चुदेखि सुर्खेततर्फ जाँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनाले आफूलाई स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलास्थित दुर्घटना भई चारजना यात्रुको निधन भएको खबरले स्तब्ध तुल्याएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

आइतबार बिहान २ः३० बजे जिप अनियन्त्रित भई सडकदेखि ७०–८० मिटर तल खस्दा सुर्खेत वीरेन्द्रनगरका २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका– ५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ को बबिन शाही, दैलेख गुराँस गाउँपालिका– ३ बस्ने वर्ष ३६ को राजेन्द्र विसीको मृत्यु भएको थियो ।

दैलेख भैरवी गाउँपालिका– ५ का वीरेन्द्रराज शाहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय