latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, ७ माघ । बलिउड अभिनेत्री कंगना रनावतले हालै फिल्म ‘इमरजेन्सी’को सेटका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिन् ।

उनले तस्बिरसँगै फिल्मसँग जोडिएको निजी कुरालाई पनि खुलाएकी छन् । कंगनाका अनुसार उनले फिल्मका लागि आफ्नो सबै सम्पत्ति धितो राखेकी छन् । उनले फिल्मको फस्ट सेड्युलमै आफूलाई डेंगु भएको समेत खुलाएकी छन् ।

कंगनाले तीन तस्बिर सेयर गरेकी छन् । जसमा उनी फिल्ममा आफ्नो चरित्र अनुसारको कष्ट्युम लगाएकी छन् र माइक्रोफोनमा कुराकानी गरिरहेको देखिएकी छन् ।

‘यो फिल्मको सुटिङ रोकियो । त्यसकारण मैले सबै सम्पत्ति धितो राखेको छु । यो फिल्मको फस्ट सुटिङ सेड्युलमा मलाई डेंगु पनि भएको थियो’, उनले लेखेकी छन् ।

कंगनाले यो फिल्मको घोषणा सन् २०२१ मा गरेकी थिइन् । फिल्ममा रितेश शाहको लेखन छ भने निर्देशक कंगनाकै छ । फिल्ममा कंगनाका अलावा अनुपम खेर, मिलिन्द सुमन, महिमा चौधरी, सतीश कौशिक र श्रेयश तलपडेको पनि अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय