latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

सुधा देव/ न्युज कारखाना

सप्तरी, ३ माघ

यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

पछिल्लोपटक विष्णुपुर गाउँपालिका-२ जमुनी टोलका ४७ बर्षीय प्रेम यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय कप्लेश्वर सदाको पुस २५ गते जाडोले कठ्यांग्रिएर मृत्यु भएको थियो ।

आफ्नै घरमा साँझमा सुतेको समयमा जाडोले कट्यांग्रिएर मृत्यु भएको स्थानीय ललकु सदाले बताए । उनको न्यानो ओढ्ने लुगाको अभावमा जाडोले कठ्यांग्रिएर मृत्यु भएको उनले जानकारी दिए ।

यसअघि शितलहर बढेसँगै चिसोले गत पुस २१ गते राती तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो । साँझको खाना खाएर सुतेका बुवाको राती जाडोले कठ्यांग्रिएर मृत्यु भएको स्वर्गीय देवुको छोरा सकलदेव सदाले बताए ।

जाडोले कठ्यांग्रिएर तीन जनाको ज्यान गएपनि प्रहरीले १ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । विष्णुपुर गाउँपालिका २ का यादवको जाडोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसवर्ष जाडोले ज्यान गएको तथ्यांकमा एक जना मात्र रहेको सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले बताए । जाडोले कठ्यांग्रिएर अन्य ठाउँमा ज्यान गुमाएको हुन सक्ने भन्दै एसपी काफ्लेले प्रहरीमा मृत्युको कारणको आधार र निवेदन कतैबाट नआएकोको बताए । सप्तरीमा प्रत्येक वर्ष चिसोले कठ्यांग्रिएर सर्वसाधारणको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय