latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

भक्तपुर, १ माघ

भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ भएको दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बाँके राप्ती सोनाली गाउपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २४ को नरेश बाठा, रोल्पा रुम्तीगढी गा.पा ८ घर भइ हाल जिल्ला काभ्रे बासडोल बस्ने बर्ष २३ को कमल रोक्का मगर र रोल्पा लुङ्ग्री गाउँपालिका ७ घर भई हाल कमलबिनायक बस्ने बर्ष २० को प्रदिप कुमार खाती रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये नरेको नजिकैको डा.ईवामुरा अस्पतालमा उपचार भइ भक्तपुर ईन्टरनेश्नल अस्पताल कौशलटार रिफर गरिएको जनाइएको छ । साथै कमलको भक्तपुर अस्पतालमा उपचार भइरहको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रदीप भने उपचारपछि डिष्चार्ज भएको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

पकुनेपाटीबाट देकोचा तर्फ आँउदै गरेको बा ५ ख २१९३ नं को निसान ट्रक सोही स्थानमा बाटोको साईडमा रोकी राखेको बा ३ ख २४४४ नं को भाडाको बसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनाका घाइते तीनै जना निशान ट्रकका रहेको जनाइएको छ । निसान ट्रक चालकसहित तीन नै जनाले मापसे गरेको जनाइएको छ ।

दुबै सवारी साधन घटनास्थलबाट निकाली ग्यारेज लगेको छ । बस चालक जिल्ला भक्तपुर भक्तपुर न.पा ६ देकोचा बस्ने बर्ष ३७ को दिनेश बारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय