latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
लमजुङ, ३० पुस

जिल्ला प्रशासन कार्यालय लमजुङले माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन गर्ने भएको छ ।

हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने भएको हो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैध्यले जिल्लाको आठ स्थानीय तहबाट अभियान सुरु गरी तीन महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

हाल जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने भएको छ ।

हाल जिल्ला प्रशासन कार्यालयबाट दुई स्टेसनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण लिने काम भइरहेको छ । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय