latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडाैं, ३० पुस । गण्डकी प्रदेशसभाले आज नयाँ सभामुख पाउँदै छ । प्रदेशसभा सचिवालयले गरेको सभामुख चयनको मिति र तालिकाअनुसार आज ३ः०० बजेको बैठकले नयाँ सभामुख चयन गर्नेछ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेश सभाका सदस्यहरूले आफुहरूमध्येबाट प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्छ । प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले निर्वाचनको मिति र समय निर्धारण गरेका हुन् ।

यस्तो छ निर्वाचन तालिका
१. बिहान ११ः०० बजेदेखि दिनको १ः०० बजेसम्म सभामुखका लागि प्रस्ताव दर्ताको सूचना गर्ने ।
२. मध्यान्न १ः३० बजे सूची प्रकाशन गर्ने ।
३. दिउँसो ३ः०० बजे प्रदेश सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीको प्रस्तावहरुलाई निणर्यार्थ प्रस्तुत गर्ने ।

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीकातर्फबाट गोरखा १ (क)बाट निर्वाचित कृष्ण धिताल चहुने निश्चित जस्तै छ । सत्ता गठबन्धनमा गण्डकीमा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादीले पाउने सहमति यसअघि नै भएको थियो ।

प्रमुख प्रतिपक्ष दल काग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकमा कसैले पनि सभामुखको लागि उम्मेदवार हुन इच्छा जाहेर नगरेकाले पार्टीले सभामुखमा कसलाई अघि सार्ने भन्ने निणर्य गर्न संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई जिम्मा दिएको छ ।

६० सदस्य प्रदेश सभामा काग्रेसका २७, एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय