latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
धनगढी, २९ पुस

सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।

बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो ।

पहिलो चरणमा भण्डारीले २७ मत पाएपछि १ मत बदर हुँदा २६ मत मात्रै पाएका थिए । दोस्रोपटक पक्षमा पनि २७ मत नआउँदा उनी सभामुख हुन पाएनन् । कांग्रेसका रावलले भने दुवैपटक २३ मत पाएका थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सो संख्या अपुग हुँदा सभामुख चयन हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय