latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

विराटनगर, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

सभामुख पदका लागि गौतमको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका ज्येष्ठ सदस्य मण्डलले जानकारी दिए । गौतमको प्रस्तावकमा एमालेका रवतीरमण भण्डारी र समर्थकमा नारायणबहादुर मगर थिए ।

कांग्रेसले सभामुख पदमा उम्मेदवार नउठाउँदा गौतम निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश १ मा शक्ति बाँडफाँटमा माओवादीले सभामुख पाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय