latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

खोटाङ, २७ पुस

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ झिसेपुका आगलागी पिडितलाई बाम्राङ परिवार हङकङले आर्थिक सहयोग गरेको छ । गत पुस ९ गते भएको आगलागीबाट लाखौंको धन सम्पत्ती गुमाएका स्थानीय मैयाँ श्रेष्ठ, कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठलाई बाम्राङ परिवार हङकङले दुई लाख ९० हजार ८१३ रुपैयाँ आर्थिक सहयोग पठाएको हो । २० जना दाताबाट संकलन गरेर पठाइएको रकम वडा कार्यालय बाम्राङको आयोजना तथा खोटाङ प्राकृतिक प्रकोप कोषको व्यवस्थापनमा आगलागी पिडितलाई हस्तान्तरण गरिएको छ ।

यस्तै, काठ्माडौं सल्लेली तथा आफन्तबाट संकलन गरेर केशवकुमार श्रेष्ठमार्फत पठाइएको ५१ हजार पाँच रुपैयाँ र अन्य आफन्त तथा शुभेच्छुकबाट संकलन भएको ३२ हजार ६० रुपैयाँ सहयोग पनि आगलागी पिडितलाई हस्तान्तरण गरिएको खोटाङ प्राकृतिक प्रकोप कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिए ।

आफन्त तथा शुभेच्छुकबाट संकलन भएको रकम बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, खोटाङ प्राकृतिक प्रकोप कोषका अध्यक्ष भोगेन एक्लेले पिडित परिवारलाई हस्तान्तरण गरेका छन् ।

मैयाँको घरमा विद्युत सर्ट भएर सुरु भएको आगोले मैयाँ सहित कृष्ण श्रेष्ठ र कर्णकुमार श्रेष्ठको घर जलेको थियो । सो आगलागीमा तीन परिवारको ८४ लाख ५६ हजार ५०० बराबरको क्षती भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय