latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

खोटाङ, २७ पुस

खोटाङमा महिलाविरुद्ध हुने सबै खालका भेदभाव कायम रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सन्धिजनित समितिबाट नेपालको छैठौं आवधिक प्रतिबेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयनको अवस्था सम्वन्धी राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले जिल्लामा महिला विरुद्ध हुने सबै खालका विभेद कायम रहेको बताएका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउण्डेसनको सभाहलमा आयोजना गरिएको कार्यक्रममा महिला सहभागीले महिलामाथि हुने विभेद, महिला हिंसा तथा न्यायमा पहुँचको अवस्था नाजुक रहेको औंल्याएका हुन् ।

मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने, महिलालाई पेल्ने, हेप्ने र सानो सम्झने पितृ सत्तात्मक सोचबाट समाज अझै माथि उठ्न नसकेको चर्चा गरेका छन् । चन्द्रकुमारी भुजेल, सविता ढकाल, बिमला राई, सुनाखरी निर्मला आचार्य लगायतका सहभागीले जिल्लामा महिलामाथि हुने कुटपिट, घरेलु हिंसा, साँस्कृतिक बिभेद, आत्महत्या, वालबिवाह, सम्वन्ध बिच्छेद लगायतका घटनामा कमी नआएको चर्चा गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा, राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडा, मानव अधिकार आयोगका उपसचिव नितु गड्तौला, महिला आयोगकी उपसचिव सिता अधिकारी लगायतको उपस्थितिमा भएको कार्यक्रममा महिलालाई आर्थिक अधिकारबाट बञ्चित गराइएको, कानूनी ज्ञानको जानकारी नभएको, महिला सचेतनामुलक कार्यक्रम गाउँ–गाउँमा नपुर्‍याइएको, एकल महिला, विदेशबाट फर्किएका महिलालाई हेर्ने नजरमा परिवर्तन नआएको, हिंसामा परेका कतिपय महिलाई आफु हिंसामा परेकै थाहा नभएको सहभागीले बताएका छन् ।

यस्तै, जिल्लामा सेफहाउस नहुँदा हिंसामा परेका महिलालाई सुरक्षा दिन कठिन भइरहेको, कतिपय घटनामा राजनीतिकरण हुँदा पिडित न्यायबाट बञ्चित हुनुपरेको चर्चा गरिएको छ । संयुक्त राष्ट्र संघीय महिला बिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्वन्धी समितिले छैठौं आवधिक प्रतिबेदन उपर दिएको निष्कर्ष सुझावको कार्यान्वयनको अवस्था बारे प्रतिबेदनको तयारीमा मानव अधिकार आयोग र महिला आयोगले सरोकारवालासँग अन्तरक्रीया तथा छलफलका माध्यमबाट सुझाव संकलन गरिरहेको जनाएको छ ।

मानव अधिकार आयोगकी सदस्य थापाले आफ्नो सम्मान र पहिचानका सवालमा समेत हुन महिलालाई आग्रह गरिन् । यस्तै, महिला आयोगकी सदस्य पौडेलले खोटाङका तीन महिलाको हत्यारा पत्ता लगाउनका लागि गृह–मन्त्रालयलाई तत्काल परिपत्र गर्ने बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय