latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, २६ पुस
फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन ।

अर्जेन्टिनासँग कतार विश्वकप फाइनलपछि नै लोरिसले संन्यास घोषणा गर्ने बताइएको थियो । तर उनले सोमबार मात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन ।

‘मैले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने निर्णय लिएको छु । यो निकै कठिन निर्णय हो,’ लोरिसले भनेका छन् ।

लोरिस फ्रान्सको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने खेलाडी हुन । लोरिसले २०१२ देखी फ्रान्सको कप्तानी सम्हाल्दै आएका थिए ।

उनको कप्तानीमा फ्रान्सले कतार विश्वकप २०२२ को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएको थियो ।

फ्रान्सले लोरिसकै कप्तानीमा सन् २०१८ को रुस विश्वकप जितेको थियो भने उनकै कप्तानीमा २०१६ मा घरेलु मैदानमा भएको युरोपियन च्याम्पियनसिपमा फ्रान्स उपविजेता भएको हो । इङ्लिस प्रिमियर लिगको क्लब टोटनहमका कप्तान लोरिसले फ्रान्सबाट तीन विश्वकपसहित ६ प्रमुख प्रतियोगिता खेले ।

लोरिसले सन् २००८ नोभेम्बरमा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय