latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, २६ पुस

प्रभु बैंक र सेन्चुरी बैंकको आज (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । दुवै बैंकलाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले पुस १९ गते अन्तिम स्वीकृति दिएको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले (एक्विजिसन) प्राप्तिका लागि प्रस्ताव पारित गरेका थिए ।

प्रभु बैंकले सेन्चुरी बैंककोे १००ः१०० सेयर स्वाप रेसियो प्राप्त गरेको छ । यसर्थ, सेन्चुरीको १०० सय कित्ता सेयर हुनेले अब प्रभुको नाममा १०० कित्ता नै सेयर पाउनेछन् ।
हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ। प्राप्तिपछि बन्ने बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय