latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
सप्तरी, २५ पुस

तिलाठी कोइलाडी गाउँपालिका-४ का १० वर्षीय सकलदेव सदा चिसाेले ज्यान गुमाएका ४५ वर्षीय बाबु देबु सदाको किरियामा बसेका छन् । देबुकाे पाँच दिनअघि राति सुतेकै बेला कठ्याग्रिएर मृत्यु भएक‍‍‍ो थियोे ।

६ वर्षअघि उनकी आमाकाे पनि कठ्याग्रिएर ज्यान गएकाे थियाे । उनले भने, ´विपन्ता र चिसोले मलाई अनाथ बनायो । दुई छाक टार्नुभन्दा पनि अहिले बाबुको काजकिरिया कसरी उकास्ने भनेने चिन्ता छ।’

उनलाई सहयोग गर्नेहरू पनि अग्रसर भएका छन् । देबु सदाको परिवारलाई गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले राहत सामग्री हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाई किलो खाने तेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् व्यस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।

उक्त अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, कांग्रेसका नेता शम्भूलाल देवसहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय