latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

काठमाडौं, २३ पुस

सेती प्रादेशीक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुसल समन्वयलेमात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति डडेलधुराको पाँचौं अधिवेशनको सफलताको शुभकामना दिँदै विशिष्ट अतिथि रहेका भट्टले मुलुकमा नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए ।

‘राजनीति र कर्मचारीबीच नङ मासुको जस्तो सम्बन्ध हुनुपर्छ। राजनीति गर्ने व्यक्तिहरूले नीति तथा कार्यक्रम बनाउँदा त्यसको सफल कार्यान्वयन गर्ने भनेको स्थायी सरकारका रूपमा रहेका कर्मचारीले नै हो। त्यसैले नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा कर्मचारीको उच्च भूमिका हुन्छ,’ भट्टले भने। यसका साथै कर्मचारीले नेताहरू र नेताहरूले कर्मचारीलाई सहयोग गर्नुपर्ने बताए ।

पछिल्लो समय नेपाली राजनीतिमा युवा उपस्थिति राम्रो रहेको बताउँदै उनले त्यो सकारात्मक कुरा भएको बताए । ‘अहिलेका युवा प्रविधिमैत्री छन्। खुला स्वभावका छन्। उनीहरूलाई कर्मचारीले पनि सहयोग गर्नुपर्छ,’ उनले भने ।

सरकारले कर्मचारीहरूको मनोभाव बुझेर उनीहरूलाई प्रेरित हुने खालका कार्यक्रम ल्याउनुपर्ने धारणासमेत उनले राखेका छन् । उनले सेती प्रादेशीक अस्पतालमा सदस्यका हैसियतले आफूले काम गर्दा कर्मचारीसँगको समन्वयका काम गर्दा प्रभावकारी हुनेगरेको पाएको अनुभव सुनाए ।

संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् प्रदेश इन्चार्ज बलदेव कापडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डडेलधुरा अध्यक्षा महावीर साकीर, सल्लाहकार देवराज जोशीले पनि आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय