latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, २३ पुस

आगामी २६ पुस बिहान पुनः बस्ने गरी कंग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकल निम्न बमोजिमका अन्य प्रस्तावमा माथि छलफल भई निर्णय गरेको छ ।

१. नेपाली काँग्रेस संसदीय दलको यो प्रथम बैठक गत मंसिर ४ मा सम्पन्न निर्वाचनबाट नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने आदरणीय मतदाताप्रति हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछ ।

२. निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन भूमिका निर्वाह गर्नु हुने पार्टीका सबै साथीहरुलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
३. स्थानीय तहको निर्वाचनपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली काँग्रेस नेतृत्वको निवर्तमान सरकारलाई यो बैठक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ ।
४. प्रतिनिधिसभामा प्रभावकारी र जिम्मेवार भूमिका निभाउँदै जनाताको विश्वास र पार्टीका साथीहरूको अपेक्षा बमोजिम कार्य गर्न एकताबद्ध ढंगले अघि बढ्ने यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ ।
५. यो बैठक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलता साथ सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय, समग्र कर्मचारी प्रशासन, नागरिक समाज, बुद्धिजीवी र निर्वाचनमा संलग्न सबैको भूमिकाको उच्च सराहना गर्दछ ।
६. निर्वाचनको समयमा जनतालाई निरन्तर सुसूचित गर्ने सम्पूर्ण सञ्चार माध्यमप्रति यो बैठक सम्मान प्रकट गर्दछ ।
७. यो बैठक संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया यथाशीघ्र प्रारम्भ गर्ने निर्णय गर्दछ । ८। नेपाली कांग्रेस संसदीय दलको अर्को बैठक यही २६ पुस बिहान ९ः०० बजे बस्ने निर्णय गर्दछ ।
शोक प्रस्ताव :
१. यो बैठक नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य माननीय कुलबहादुर आले र पूर्व सांसद श्री मैया देवी श्रेष्ठको निधन प्रति गहिरो शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । २। निर्वाचनको क्रममा बाजुरा जिल्ला त्रिवेणी न।पा। वडा ७ को मतदान केन्द्रमा प्रहरीको गोलीबाट मृत्यु भएका ने।वि।संघका नेता संजिव ऐडीको मृत्यु प्रति गहिरो शोक व्यक्त गर्दै यो बैठक दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय