latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
बेइजिङ, २३ पुस

देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिड–१९ बाट चिनियाँ जनसंख्याको ४० प्रतिशत संक्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसंख्यामा संक्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित अंग्रेजी समाचार आउटलेटले जनाएको छ ।

चिनियाँ महामारी विशेषज्ञ र चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको कोभिड प्रतिक्रिया विशेषज्ञ टोलीका पूर्व प्रमुख लियांग वान्नियनका अनुसार हालको महामारीको मृत्यु दर गणना गर्न धेरै गाह्रो छ । चिनियाँ महामारी विशेषज्ञले यो महामारी समाप्त भएपछि मात्र सही तथ्यांक उपलब्ध हुने बताएका छन्।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चीनमा भाइरस प्रसारण आशा गरिभन्दा तीब्र ढंगले विस्तार भएको झेङ गुवाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय