latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

हेमन्त केसी
सुर्खेत, २३ पुस

भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी रुपमा पुल बनाएपछि डोल्पामा सीधा यातायात सेवा सञ्चालन भएको छ । मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि आजबाट डोल्पा सीधा यातायात सेवा सञ्चालन भएको हाे । देशका विभिन्न ठाउँबाट अब डोल्पा सीधा जान सकिने भएको छ ।

सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेर नेपालगञ्जदेखि सीधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालवाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए ।

आजका दिनदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौं नेपालगञ्ज लगायतका जुनसुकै जिल्लाबाट सिधैँ सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको उनले बताए।

‘रुकुम पश्चिम र जाजरकोटले पुलका दुवैतिर प्रहरी गस्ती खटाएको छ, अब यायायात तथा ढुवानी व्यवसायीले ढुक्कसँग गाडी लैजाँदा हुन्छ । यदि त्यहाँ प्रहरीले पनि सहजिकरण गरेन भने सीधा मलाई फोन गर्नु,’ प्रजिअले भने । दुवै जिल्लाका प्रहरीको टोलीले पुलको दुवैतिर लगाएकाे तारजाली र ताला हिजो नै हटाएको नलगाड नगरपालिका १२ का सचिव रामप्रसाद शर्माले जानकारी दिए ।

आजबाट दुवै जिल्लाका प्रहरीले गस्ती गरिरहेको र सवारीसाधन पुलबाटै पास भइरहेको उनले जानकारी दिए । नेपालगञ्जदेखि सिधैँ डोल्पा गाडी आउँदा यात्रु तथा ढुवानी भाडादर समेत घट्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय