latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

विशाल बस्नेत
महोत्तरी, २२ पुस

महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो ।

निर्वाचित हुनेहरुमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित भएपछि पालिकाकै विकास र समृद्धि हुने जनताको अपेक्षा र विश्वास बढेको छ । ६ जना सांसद पाएको मनरा शिसवा नमुना नगरपालिका हुने धेरैले आशा राखेका छन् ।

‘मनरा सिशवाका जनताको सर्वाङ्गीण विकाशमा हाम्रा ६ जना सांसदले अविस्मरणीय, उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौँ,’ नगरप्रमुख मोहन पाण्डेले भने, ‘६ संसदका कारण हाम्रो पालिका देशकै नमुना पालिका बन्नेमा ढुक्क पनि छु ।’

मनरा शिसवा–८ सहसरामकी लोसपा कि नेतृ रानी कुमारी तिवारी र वडा नं ७ सरपल्लोका जसपाका नेता सरोजकुमार सिंह प्रत्यक्षतबाट निर्वाचित भएका थिए ।

लोसपाबाट समानुपातिकमा एक जना सांसद थपिएका छन् छ भने सिके राउतले नेतृत्व गरेको जनमत पाटी र नेपाली कांग्रेसले समेत यसै पालिकाबाट समानुपातिक सासंद दिएका छन् ।

पालिकाको वडा नं ६ सरपल्लोकी रमिता प्रधान, वडा नं ६ सरपल्लोकै अनिता साह, वडा नं ८ सहसरामका चन्दन सिंह र सहसरामबाटै अञ्जना पण्डितलाई पार्टीले समानुपातिकमा निर्वाचित गरेको हो ।

प्रत्यक्ष र समानुपातिक गरी महोत्तरीमा प्रदेशसभामा मात्र १३ जना सासंद छन । संघको प्रतिनिधिसभामा ६ जना सासंद छन । मोहत्तरीबाट चारजना प्रत्यक्षतर्फ र दुई जना समानुपातिक गरि ६ जना प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका हुन् । उनीहरु सबै मनरा शिसवाका हुन् ।

प्रत्यक्ष तर्फ नेकपा एमालेबाट निर्वाचित क्षेत्र न.१ मा लक्ष्मी महतो कोइरी, क्षेत्र न.२ मा लोसपाबाट शरदसिंह भण्डारी, क्षेत्र न.३ बाट कांग्रेसका महेन्द्र राय यादव र क्षेत्र न.४ बाट लोसपाका महन्थ ठाकुर छन् भने समानुपातिक तर्फ जनमतबाट गोमा लाभ सापकोटा, कांग्रेसबाट संगीता मण्डल धानुक छन ।
योसँगै प्रदेश र प्रतिनिधिसभामा महोत्तरीबाट १९ जनाले सांसदले प्रतिनिधित्व जनाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय