latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

काठमाडौं, २२ पुस । श्रीस्वस्थानी व्रतकथा शुक्रबारदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने श्रीस्वस्थानी व्रतकथा माघ शुक्ल पूर्णिमासम्म रहन्छ ।

भगवान् शिवको पूजा आराधना गरी बसिने स्वस्थानी व्रत एक महिनासम्म नित्य नुहाइधुवाइ गरी शिवको आराधना गरिने धार्मिक चलन छ ।

यो व्रत बस्नाले व्रताकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोग नष्ट हुने जनविश्वास छ । यही व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको धार्मिक विश्वास छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउँ भनि श्री स्वस्थानी व्रत बसेको र व्रतको प्रभावले पार्वतीले शिव पति पाएको धार्मिक विश्वास गरिन्छ ।

श्री स्वस्थानी व्रत आरम्भ भएसँगै काठमाडौंको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला पनि सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय