latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुम्बई, २२ पुस । बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन् । एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँदै गएको चर्चा पनि नचलेको होइन । भलै उनीहरूले सार्वजनिक रुपमा सम्बन्धको बारेमा मुख नखोले पनि सामाजिक सञ्जालमा भने खण्डन गरिरहे ।

तर, अहिले भने पुनः उनीहरूको सम्बन्ध बिग्रँदै गएको खबर बाहिर आएको छ । सामाजिक सञ्जालमार्फत् आफ्नो सम्बन्ध सुमधुर रहेको दाबी गर्ने यो जोडीको सामाजिक सञ्जाल गतिविधि हेर्दा फ्यान र फिल्मकर्मीले यही अनुमान लगाएका छन् ।

दीपिका र रणवीरको डिभोर्सको हल्ला चलिरहँदा यो जोडी कैयौं सार्वजनिक कार्यक्रममा हात समातेर उपस्थित भएका थिए । क्यामराको अगाडि उनीहरूको पोज हेर्न लायक थियो । तर, अहिले भने उनीहरुको यो सबै गतिविधि केवल मिडियाबाजी मात्र रहेको आरोप उनीहरुका फ्यानले सामाजिक सञ्जालमार्फत नै लगाउन थालेका छन् । भित्री रुपमा सम्बन्ध बिग्रिए पनि सामाजिक सञ्जाल र मिडियामाझ राम्रो देखिनका लागि मात्र सम्बन्ध सुधारेको उनीहरुको बुझाइ छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने यो जोडीले पछिल्लो समयमा कमै मात्र सँगै रहेको तस्बिर राख्ने गरेका छन् । दिवालीदेखि ठूला चाडपर्वमा अधिकांश जोडीले जोडी तस्वीर राखे पनि दीपिका र रणवीरले भने एकअर्काको तस्वीर राखेका छैनन् । आफ्नो वैवाहिक वार्षिकोत्सवमा पनि यो जोडीले सामाजिक सञ्जालमा तस्वीर राखेनन् । नयाँ वर्षमा पनि उनीहरुको तस्वीर देखिएन । कतिसम्म भने दीपिका पादुकोणको जन्मदिनमा समेत रणवीरले केही पोस्ट गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय