latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवाको निर्वाचन क्षेत्रमा झ ड प भएको छ । देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा कांग्रेसको आमसभामा झ ड प भएको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झ ड प भए पछि प्रहरीलाई मिलाउन समस्या भएको छ ।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी आमसभामा उक्त झ ड प भएको प्रहरीले जनाएको छ । आमसभा स्थलमा कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झ ड प भएको बताइएको छ। झडपपछि पनि कार्यक्रम जारी रहेको जनाइएको छ। प्रहरीले अवस्था सामान्य बनाएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली गरेको दाबी गर्दै डडेल्धुरामा जारी धर्ना तत्कालका लागि स्थगित भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान चाड दशैँपछि फेरि सुरु गर्ने गरी सभापति देउवाको गृहजिल्लामा ११ दिनदेखि जारी धर्ना आइतबारबाट स्थगित भएको हो।

धर्नामा बसेका जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षधर नेता–कार्यकर्ताहरुले केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा। शेखर कोइराला र गुरुराज घिमिरेको रोहबरमा दशैँबाट फेरि सुरु गर्ने गरी तत्कालका लागि धर्ना स्थगित गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय