latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
बुटवल, १९ पुस

गुल्मीको गुल्मीदरवार गाउँपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा दिन सुरु गरेको छ । ज्येष्ठ नागरिकको घरमै गएर स्वास्थ्य स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षाभत्ता उपलव्ध गराउन थालेको गाउँपालिकाका अध्यक्ष सरोज थापाले जानकारी दिए ।

वडा नम्बर ५ मा शाईन रेसुङ्गा बैंकको समन्वयमा घरमै पुगेर सामाजिक सुरक्षाभत्ता प्रदान गरिएको अध्यक्ष थापाको भनाइ छ । अन्य वडामा पनि पालिकाले टोल टोलबाट सुरक्षाभत्ता बुझ्ने व्यवस्था गरेको छ । अध्यक्ष थापाले पालिका भित्रका करिव ८० प्रतिशत उपभोक्ताको न्युनतम विद्युत महसुल भुक्तानी गर्ने गरेको जानकारी गराए ।

पालिकाकै सबै वडाका ज्येष्ठ नागरिकलाई घरमै पुगेर समय समयमा स्वास्थ्य परीक्षण गर्ने गरिएको पालिकाका उपाध्यक्ष तारा थापा ढेंगाले बताइन् । गुल्मीदरवारमा पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भवतीलाई बच्चा जन्माउन अप्ठ्यारो परेमा निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था छ ।

गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउंपालिकाका स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने क्रममा रिफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तम्घास मात्र नभएर आवश्यकताको आधारमा जिल्ला बाहिर समेत निःशुल्क एम्बुलेन्स सेवाको घोषणा गरेको थियो ।

निःशुल्क सेवा लिनको लागि गुल्मी दरबार गाउँपालिका भित्रको नागरिक हुनुपर्ने शर्त रहेको छ । पालिकाको एम्बुलेन्सबाट मात्र नभएर आवश्यकताको आधारमा अन्य एम्बुलेन्सबाट सेवा लिई नागरिकता र रसिदको आधारमा भुक्तानी दिइने व्यवस्था गरिएको छ ।

गुल्मीदरवार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालका अनुसार निःशुल्क एम्बुलेन्स सेवा लिनेको संख्या ४६ जना रहेको छ । चालु आर्थिक वर्षमा एक हजार एक सय ५६ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै पालिकाको वडा नं. ५, ६ र ७ का ५० वटा कुकुरमा रेविजविरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय