latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

मुम्बई, १९ पुस । अभिनेता सलमान खानले गत २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाए । यही मौकामा उनको एक झलक पाउन हजारौं फ्यान उनको घर अगाडि आएका थिए । सलमान जोकोही फ्यानलाई भेट्न सक्दैनन, तर फ्यान समीरको मामलामा भने उनी अलग देखिए ।

जबलपुर बस्ने समीर चिसो मौसमका बाबजुद पनि ११ सय किलोमिटर साइकल चलाएर सलमानलाई भेट्न पुगेका थिए । सलमानले पनि फ्यानको भावनाको सम्मान गर्दै उनलाई भेटेर फोटो खिचे ।

समीर बाल्यकालदेखि नै सलमानका ठूलो फ्यान हुन् । २२ डिसेम्बरमा समीर चिसो मौसमका बाबजुद पनि जबलपुरबाट साइकल चलाउँदै २९ डिसेम्बरमा मुम्बई पुगे । जब सलमानले आफूलाई भेट्न समीर आएको थाहा पाए, उनी आफैं घर बाहिर आए ।

सलमानले उनीसँग भलाकुसारी गर्दै स्वास्थ्य अवस्थाको बारेमा सोधे र आफ्नो घरमा खाना पनि खुवाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय