latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गोरखा । स्वीटजरल्याण्डकी नागरिक २६ बर्षकी लरिसा जिमरमन साइकल यात्रा गर्दै नेपाल आइपुगेकी छन् । ६ महिनाअघि साइकल यात्रा शुरु गरेकी उनी स्वीटजरल्याण्डबाट विभिन्न १२ देश हुँदै नेपाल आइपुगेकी हुन् । शनिबार उनी गोरखा सदरमुकाम आइपुगेकी छन् ।

इटाली, स्लोभेनिया, क्रोएसिया, मन्टेनेग्रो, अल्वेनिया, म्यासेडोनिया, बलगेरिया, टर्की, जर्जिया, स्पेगिस्थान, किर्गिस्तान हुँदै उनी नेपाल आइपुगेकी हुन् । ‘सँगै यात्रा गरेको साथी टर्कीबाट फर्कियो,’ उनले भनिन्, ‘त्यसपछि म एक्लै यात्रा गरेर नेपालसम्म आइपुगे ।’

नाका बन्द भएका कारण भारत र चीन जान नपाएकी उनले कीर्गिस्तानबाट विमानमार्फत नेपाल आएको बताइन् । हालसम्म कुल ६ हजार ४५० किलोमिटर साइकल यात्रा गरेको उनले जानकारी दिइन् ।

गोरखा नगरपालिका–७ नयाँबजारमा रहेको बाल गृह (हाम्रो सहारा फाउण्डेशन नेपाल) मा रहेका अनाथ तथा विपन्न परिवारका बालबालिकालाई उनी आवद्ध संस्थाले आर्थिक सहयोग गर्दै आएको छ । बाल गृहमा हाल ९ जना बालबालिका छन् । सोही बालबालिकाको सहयोगार्थ रकम संकलनका लागि पनि साइकल यात्रा गरेको उनी बताउँछिन् ।

‘एक त बालबालिकाहरुको सहयोगका लागि डोनेसन संकलन गर्न पनि हो, अर्काे म बर्षको एक पटक नेपाल आउने गर्छु, यसपटक साइकल यात्रा गरेर आउन रहर पनि भयो,’ उनले भनिन् ।

टर्की आइपुग्दा साइकलबाट लडेर उनी घाइते समेत भएकी थिइन् । कुकुरका कारण दुर्घटनामा परेको बताउदै उनले भनिन्, ‘कुकुरले लखेटेपछि म लडेँ, बाँया हातमा दश टाका लगाउनुप¥यो ।’ यात्रामा उतारचढाव धेरै आएपनि समग्रमा रमाइलो भएको उनको अनुभव छ । यात्राको क्रममा विभिन्न ठाउँको संस्कृति र रितिरिवाज बुझ्ने मौका समेत पाएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय