latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
मेक्सिको सिटी, १९ पुस

मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा रहेको जेलमा भएको आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन कैदीहरू भागेका छन् । आक्रमणमा केही घाइते भएका छन् ।

सशस्त्र सवारी साधनमा आएको एक सशस्त्र समूहले कारागार र नगरपालिका प्रहरी चौकीमा लगभग एकैसाथ आक्रमण गरेका रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।

आक्रमणमा सुरुमा १४ जना मृत्यु भएको जनाइएको थियो । तर, गम्भीरअधिकारीहरूले आइतबार बिहानको आक्रमण नयाँ वर्षको दिन भ्रमणको तयारीमा भएको बताएका छन्। उनीहरुले सुरुमा कम्तिमा १४ जनाको मृत्यु भएको बताएका थिए तर घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या पनि बढेको हो ।

बढ्दो अशान्ति नियन्त्रण गर्न संघीय अधिकारीहरूलाई बोलाइएको थियो । उनीहरूले पछि राज्यद्वारा सञ्चालित जेलमा लागूपदार्थ र पैसा फेला पारेका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय