latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

विशाल बस्नेत/न्युज कारखाना

महोत्तरी, १८ पुस

माओवादी केन्द्रका उपमाहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले महोत्तरी पुगेर नेकपा एमालेका योगेश भट्टराईलाई सम्झिएका छन् ।

काठमाडौं विश्वविद्यालयअन्तर्गतको प्रतिष्ठित न्याथम कलेज मधेश प्रदेशमा स्थापना गर्न सहयोग गरेको स्मरण गर्दै भट्टराईलाई पोखरेलले सम्झिएका हुन् ।

‘वहाँले पर्यटन मन्त्रालयको नेतृत्व गर्दा यो सम्भव भएको हो वहाँ नभएको भए मैले मात्र देश कै प्रतिष्ठित कलेज ल्याउन सम्भव हुदैन्थ्यो,’ उनले भने ।

ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट पहिलो ब्याचका विद्यार्थीको स्वागत र अभिमुखिकरण कार्यक्रममा सहभागी हुन पुगेका पोखरेलले नेपाल एकेडेमी अफ टुरिस्म एण्ड होटल म्यानेजमेन्टको स्थपानाले मधेशमा शैक्षिक विकासको अर्को इट्टा थपेको बताए ।

आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा निक्कै मेहनत गरेर न्याथम कलेजको स्थापना गरेको बताउँदै नेता पोखरेलले काठमाडौं विश्वविद्यालयय जस्तो प्रतिष्ठित विश्वविद्यालय पहिलो पल्ट मधेशमा स्थपना भएकोप्रती खुसी ब्यक्त गरे ।

अध्ययन गरिरहेका र गरिसकेका विद्यार्थी राष्ट्रिय, अन्तराष्ट्रिय बजारमा बिकिरहेको बताउँदै प्रावधिक धारका यस्ता कलेजले नै देशलाई आत्मनिर्भर र सुखी बनाउनेमा पोखरेलले धाणा राखे ।

पोखरेलले आफू मन्त्री हुँदा नै सिक, पढ र कमाउ भन्ने अवधारणा अगाडि ल्याएको र सोहीअनुसार प्रावधिक धारका कलेज स्थपना भएको स्मरण गरे ।

निर्मल लामा वहुप्राविधिक शिक्षालय खयरमाराको उदाहरण दिँदै नेता पोखरेलले भने, ‘अहिले त्याहा विद्यार्थी पढ्दै छन् । सिक्दै छन् । अनि कमाउँदै छन् । केही पैसासमेत बचाइरहेका छन् ।`

१९७२ मा एउटा तालिम केन्द्रकोरुपमा स्थपना भएको न्याथम अहिले काठमाण्डौ विश्वविध्यालयको प्रतिष्ठित अंगकोरुपमा विकाश भएको छ ।

सांस्कृतिक तथा पर्यटन मन्त्रालयबाट सञ्चालित न्याथमले ब्याचलर इन होटल म्यानेजमेन्ट मात्र हैन पर्यटन पर्द्धनका लागि जनसक्ति उत्पादनमा समेत ध्यान दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय