latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १८ पुस

उपप्रधानमन्त्रीको वरीयतामा असन्तुष्टि जनाएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ आइतबारदेखि मन्त्रालय जान थालेका छन् । आफूभन्दा वरीयतामा एमालेका विष्णु पौडेललाई राखिएको भन्दै श्रेष्ठले सार्वजनिक रूपमै असन्तुष्टि जनाएर मन्त्रालय नगई बसेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दोस्रो वरीयतामा एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई राखिएपछि श्रेष्ठले असन्तुष्टि जनाएका थिए । उनले पौडेलभन्दा आफू पहिले नै उपप्रधानमन्त्री भएको भन्दै आफूलाई दोस्रो वरीयतामा राख्न पार्टी नेतृत्वलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले थामथुम पारेपछि घुर्की लगाएर घरबाटै मन्त्रालय चलाउँदै आएका श्रेष्ठ आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालय जान लागेका हुन् ।

भौतिक तथा पूर्वाधार मन्त्रालयका एक कर्मचारीले मन्त्री श्रेष्ठ आइतबारदेखि नै आउन लागेको जानकारी दिए । मन्त्री श्रेष्ठले सोमबार (आज) मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिने कार्यक्रम राखिएको छ । केही बेरअघिदेखि मन्त्री श्रेष्ठ कर्मचारीसँग छलफलमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय