latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
धनगढी, १७ पुस

सुदूरपश्चिम प्रदेश सभाकाे सभामुख चयनका लागि २ माघमा निर्वाचन हुने भएकाे छ । आज बसेकाे सर्वदलीय बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

आइतबार प्रदेश सभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बसेको सर्वदलिय बैठकले माघ २ गते सभामुख र त्यस पछि उप सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलि (सोमबार)का लागि बोलाइएको छ । बैठकको पूर्वसन्ध्यामा प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलले सर्वदलीय बैठक बोलाएका हुन् । सर्वदलीय बैठकले आगामी २ माघमा निर्वाचन गर्ने सहमति गरेको प्रदेशसभाका सचिव देवबहादुर बोगटीले बताए ।

प्रदेशसभा सञ्चालन ऐनअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय