latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जना गोठालाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ बर्षिया हीरा खड्का र २४ बर्षिया अर्कि युवतीलाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो ।

भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए ।

बाघबाट जोगिन रुखमा चढेका उनीहरुलाई निकुञ्जका हात्तीले उद्धार गरेका हुन् । बाघले घेरिरहेका अवस्थामा नजिकै चराउन लगिएका हात्तीलाई प्रयोग गरि माउतेले उद्धार गरेको स्थानीय टोपबहादुर भण्डारीले जानकारी दिनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

बाँके राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख उत्तम चौधरीले जंगलमा पुनः बाघ देखिएको र बाघले घेरेको भन्ने जानकारी आएपछि त्यसतर्फ हात्तीसहित नेपाली सेना परिचालन गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय