latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
पोखरा, १६ पुस
नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (भोलि) देखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुँदै छ ।

अहिलेसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तराष्ट्रिय उडान हुने बताउँदै आएपनि अन्ततः उडान नहुने भएको छ । बरु अन्तराष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ । तर पोखराबाट अन्तराष्ट्रिय उडानको टुंगो लागेको छैन ।
‘हामीले राम्रो खेलौना बनाएर बजारमा बेच्न राखेका छौं । त्यो खेलौना कुन दिन विक्रि हुन्छ थाहा छैन,’ प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने, ‘यो एयरपोर्टबाट नेपालकै समृद्धी प्राप्त हुन्छ भन्ने विश्वास छ ।’ एयरपोर्टबाट वार्षिक ५० करोड भन्दा बढी आम्दानी हुने उनले बताए । ‘पूरानो एयरपोर्टले नेट २५ करोड वार्षिक आम्दानी गरेको छ । यो एयरपोर्टबाट ५० करोड आम्दानी हुने अनुमान छ,’ उनले भने, ‘अझै पर्यटक बढे १ अर्वसम्म हुन सक्छ ।’

उद्घाटनका बेला अन्तराष्ट्रिय उडान नहुने भएपछि पोखरेलीहरु निराश भएका छन् । मेयर धनराज आचार्य भने विमानस्थल उद्घाटन नै उत्सव भएको बताउँछन् । ‘पोखराको लागि यो उत्सव हो । हामीले सार्वजनिक विदा नै दिएर उद्घाटनमा नागरिक र कर्मचारीलाई सहभागी गराउँदै छौं,’ उनले भने, ‘विमानस्थल चल्न थालेपछि पोखरा विकासको ढोका खुल्छ । ५० वर्ष पूरानो पोखराको सपना अहिले पूरा हुनु खुशीको कुरा हो ।’
२०३२ सालमा तत्कालीन अन्चलाधिश शंकरराज पाठकले नै अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए । तत्कालीन समयमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ६ सय २९ रोपनी अधिग्रहण भयो । पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्व लगानीमा विमानस्थल निर्माण गरिएको हो ।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकम मध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ । २ हजार ५ सय मिटर रनवे भएको पोखरा विमानस्थलमा एयरवस ३२० उडान र अवतरण हुन सक्छ । यहाँबाट नजिकका गन्तब्यहरुमा उडान भर्ने योजना प्राधिकरणको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय