latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
सिरहा, १६ पुस

जनप्रतिनिधिसँगकाे मिलेमताेमा अवैध रुपमा माटो उत्खनन् गर्ने दुई वटा ट्रक र एक वटा डाेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोलबजार नगरपालिका-७ चोहर्वास्थित सामुदायिक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजिकैबाट अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा१क ७३२९ नम्बरको डाेजर र ना२क ९ नम्बरको ट्रक र ज१क ४९४ नम्वरको अर्काे डाेजर नियन्त्रणमा लिएको हो ।

माटो उत्खननका कारण विद्यालय जोखिममा परेकाे स्थानीयको भनाइ छ। सानो खोल्साको डिलमा रहेको विद्यालय नजिकबाट जथाभावी माटो निकाल्दा विद्यालयमा पहिराे जाने अवस्थामा पुगेकाे स्थानीय युवाकाे भनाइ छ ।

नगरकै योजनाको काममा प्रयोग भईरहेको माटो अवैधरुपमा उत्खनन् हुँदा पालिकाको दोहोरो करछली भएको स्थानीय युवा बताउँछन् । यसरी दर्ता नभएको खानी वा जमिनबाट माटो खरिद गर्दा राजश्व छली हुन्छ नै । सँगै उपभोक्ताले सस्तोमा किनेर महंगोको विल हाल्न पाउने सुविधा पनि रहन्छ।

वडाअध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्बरी जमिनबाट माटो ल्याएको बताए । उनले भने, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्बरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन्, नजिकै भेटेकाले ल्याएछ ।’

नगरपालिकाको श्रममुलक कार्यक्रम निर्माण कार्य (एलआईपी) कार्यक्रमअन्तर्गत गोलबजार नपा-७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङका लागि २० लाख रकम छुट्याएको छ।

सम्झौता नगरी काम सुरू
अधुरो सामुदायिक भवन फिनिसिङका लागि उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता नै नगरी काम सुरु गरेको छ । गोलबजार नगरपालिकाका रोजगार संयोजक सुरेश ठाकुरले समिति गठन भएको सुने पनि आधिकारिक रुपमा फाइल आईनसकेको बताए । उनले भने, ‘फाईल नै आएको छैन, फाईल नआई सम्झौता र कार्यादेश कसरी हुन्छ ?’ भन्दै उल्टै प्रतिप्रश्न गरे।

वडा अध्यक्ष हरिशरण ठाकुरले केहि दिन पहिला सर्वदलिय सर्वपक्षिय वैठक बसेर समिति गठन गरे पनि अझै आधिरीक जानकारी नआएको बताए । उनले भने, ‘बैठकबाट समिति गठन भईसकेको छ, समितिमा को को छ भन्ने मैले जानकारी लिनुपर्छ, त्यही समितिले काम गरेको होला।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय