latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, १६ पुस

लमजुङमा अपांगता भएका व्यक्तिलाई सार्वजनिक सवारीमा यात्रा गर्दा भाडामा दिइएको छुट तथा सिट आरक्षणको व्यवस्था कार्यान्वनका लागि स्टिकर टासिएको छ ।

अपांगता भएका व्यक्तिहरूलाई सवारी भाडामा छुट उपलव्ध गराउन बेसीशहर नगरपालिका, समाजिक विकास कार्यालय, लमजुङ कालिका यातायात प्रा.लि र अपांग संरक्षण समाजले सयुंक्त रुपमा सार्वजनिक सवारी साधनमा स्टिकर टास कार्यक्रम गरेका हुन् ।

बेसीशहरको झ्याङखोलास्थित माइक्रो काउन्टर परिसरमा रहेका सर्वाजनिक सवारी साधानमा बेसीशहर नगरपालिकाले स्टिकर टास गरि कार्यक्रमको शुरुवात गरिएको हो ।

‘अपांगता भएका व्यक्तिरुको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ८ दफा ३७.२ अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई सर्वाजनिक सवारी साधनबाट यात्रा गर्दा यात्रु भाडामा ५० प्रतिशत छुट उपलव्ध गराइने छ साथै सिट आरक्षणको व्यवस्था समेत गरिएको छ’ भनेर लेखिएको स्टिकर जिल्लाभित्र तथा जिल्ला भएर सञ्चालन हुने सबै सवारीमा टासिने भएको छ ।
सरकारले यसअघिनै आपांगता भएका व्यक्तिलाई सवारी भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरे पनि सोको कार्यान्वयन भने हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय