latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्यूज कारखाना
लमजुङ, १५ पुस
लमजुङमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

बेंसीशहरबाट मस्र्याङदी गाउँपालिका ८ भुस्मेतर्फ जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतरि मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेमा दुर्घटना हुँदा भुस्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको हो । घटनास्थलमै उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
उक्त जिप उकालोमा ब्रेक फेल हुदाँ बाटोबाट अन्दाजी १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । उनका अनुसार जिपमा चालकसहित १० जना सवार थिए । घाइते ८ जनाको उपचार भइरहेकोमा ४ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिका ८ रिङटाङका अन्दाजी २० बर्षीया उर्मिला गुरुङ, सोही ठाउँका २१ वर्षीया रिता गुरुङ, ३० वर्षीया मनमाया तामाङ, ३२ वर्षीया सीता गुरुङलाई रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, भुस्मेका १३ वर्षीय बालक राज तामाङ, १३ वर्षीय बालक हिमाल तामाङ, २८ वर्षीया काशी तामाङ र ओखलढुङ्गा खिजिबिम्बा गाउँपालिका ७ का ६३ वर्षीया कुमारी गुरुङको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय