latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमासमेत केपी ओलीको तस्वीर !

काठमाडौं । ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन भएको छ । एमालेले महाधिवेशनको प्रचारलाई व्यापक बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरपुर विज्ञापन गरेको छ ।

विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् ।

यसैक्रममा महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसेको पाइएको छ ।

यस्तै बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।
महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।

यसैबीच, नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ। अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन्।

आजबाट सुरु भएको विधान महाधिवेशनमा सहभागीहरुलाई विरतण भएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो । यो प्रस्ताव पारित भएमा उपमहासचिव घनश्याम भुषाल र विष्णु पौडेल हट्नेछन् ललितपुरको गोदावरीमा नेकपा एमालेको विधान महाधिवेशन भएको छ । एमालेले महाधिवेशनको प्रचारलाई व्यापक बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको नेकपा एमालेले काठमाडौंदेखि ललितपुरसम्मै अध्यक्ष केपी ओलीको भरपुर विज्ञापन गरेको छ ।

विधान महाधिवेशन लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् ।

यसैक्रममा महाधिवेशनस्थलमा बाँडिएको पानीको बोतलमा पनि ओलीको तस्वीरसहित महाधिवेशनको प्रचार लेबल टाँसेको पाइएको छ ।

यस्तै बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा केपी ओलीको ठूलो ‘स्टाचु’ बनाइएको छ । जसमा नेताहरुबीच सेल्फी खिच्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ ।
महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।

यसैबीच, नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ। अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन्।

आजबाट सुरु भएको विधान महाधिवेशनमा सहभागीहरुलाई विरतण भएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो । यो प्रस्ताव पारित भएमा उपमहासचिव घनश्याम भुषाल र विष्णु पौडेल हट्नेछन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय