latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

लमजुङ, १३ पुस

लमजुङको बेसीशहर नगरपालिकाले नगरपालिका भित्रका मध्यम अपाङ्गता र एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को माघबाट लागुहुने गरी मध्यम अपागंता भई पहेलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो ।

एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका अपाङ्गतालाई संघ सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएपनि ६० वर्षका एकल पुरुष र मध्यम वर्गका अपाङगता भएका व्यक्तिलाई नगरपालिकाले जनही ५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाका अनुसार मध्यम अपागंता भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १६ वर्ष मुनिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र मध्यम अपागंता परिचयपत्र (पहेंलो रङ) को प्रतिलिपि आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इमनाथ कडेलले बताए ।

एकल पुरुष भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पत्नीको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, अविवाहित भएको भए सम्बन्धित वडाको अविवाहित सिफारिस र सम्बन्ध विच्छेद भएको भए सम्बन्ध विच्छेद भएको प्रमाण पत्र आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत कडेलले बताए ।

बेसीशहर नगरपालिका भित्र स्थायी बसोवास गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भएका नागरिक, सरकारी वा अन्य कोषबाट निवृत्तिभरण पाइरहेको नागरिक र प्रचलित कानुन बमोजिम अन्य सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकले मध्यम अपाङ्गता तथा एकल पुरुष भत्ता नपाउने नगरपालिकाले प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय