latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, १३ पुस । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा भएका अन्तर्घातका विषयमा परेका उजुरीबारे निर्णय गरी पठाउने समयावधि थपेको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको विषयमा परेको उजुरीकाबारेमा निर्णय गरी १५ पुसमा पठाइन सक्न मातहतलाई निर्देशन दिएको समितिले एक महिना समय बढाएर १५ माघसम्म पुर्‍याएको छ ।

प्रेस विज्ञप्ति

२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको सम्बन्धमा परेका उजुरीहरु प्रदेश एवं जिल्ला अनुशासन समितिबाट विधिवत निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउने र यदि प्रदेश एवं जिल्ला अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णय सहित २०७९ पौष १५ गतेभित्र पठाउनु पर्ने भनी प्रदेश तथा जिल्ला कार्यसमितिलाई पत्राचार गरिएकोमा सो म्याद थप गर्नु पर्ने भनी सिफारिस प्राप्त हुन आएकोले उक्त समयावधी २०७९ माघ १५ गतेसम्मका लागि वढाइएको जानकारी गराइन्छ ।

प्रेम केसी
सचिव, केन्द्रीय अनुशासन समिति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय