latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

काठमाडौं, १३ पुस । राप्रपाले बाँकेको खजुरामा भएको गौहत्याको दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार पुनः खजुराअन्तर्गत रनियापुरमा ठूलो संख्यामा गाईको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न राप्रपाले माग गरेको हो ।

हिन्दुहरुको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको ठूलो संख्यामा हत्या भएकाले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उक्त घटनाप्रति आपत्ति जनाउँदै राप्रपाले दुःख व्यक्त गरेको छ ।

‘बाँकेको खजुराअन्तर्गत रनियापुरमा हिन्दुहरुको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको आज फेरि ठूलो संख्यामा हत्या भएको घटना दुःखद, निन्दनीय र आपत्तिजनक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घटनाको सत्यतथ्य छानबिन गर्न, दोषी पत्ता लगाउन र दोषीलाई कडा कारबाही गर्नसरकारसँग राप्रपा जोडदार माग गर्दर्छाैं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय