latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, १२ पुस । कुमारी बैंक र नेपाल क्रेडिट कमर्स बैंक( एनसीसी) पुस १७ गतेबाट एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले पुस ६ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो । साथै दुवै बैंक एक भएपछि एकीकृत कारोबार भने कुमारी बैंकको नामबाट हुने सुचना मार्फत जनाएको छ ।

दुवै बैंकलाई एक आपसमा मर्ज हुने प्रस्ताव गत मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो ।

दुबै बैंकले विभिन्न शाखाहरुबाट प्रदान गर्दै आइरहेको बैंकिङ सेवाहरु पुस १५ र १६ गते सार्वजनिक विदा रहेकोले सो दिन सबै सेवाहरु बन्द रहने पनि बैंकले जानाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय