latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

काठमाडौं, १२ पुस । गोरखा र तनहुँमा गरी २२६ जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले डाक फाउण्डेशन पार्टन अफ ईक्युटीको आर्थिक सहयोगमा दुई ठाउँमा शिविर सञ्चालन गरी शल्यक्रिया गरेको हो ।

गोरखाको वारपाक सुलीकोट गाउँपालिकामा ५ र ६ पुसमा सञ्चालन गरिएको शिविरमा एक हजार १४५ जनाको आँखाको निःशुल्क परीक्षण गरिएको थियो । उक्त शिविरमा ७४ जनाको निःशुल्क मोतीविन्दुको शल्यक्रिया भएको भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिए । वारपाक सुलिकोट गाउँपालिकासँग सहकार्य शिविर सञ्चालन गरिएको हो ।

यस्तै आँबुखैरहनी गाउँपालिकासँग सहकार्यमा ८ र ९ पुसमा सञ्चालित शिवरमा ९६९ जनाको आँखा परीक्षण गरिएको छ । उक्त शिविरमा १५२ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको हो ।

ती शिविरहरुमा भरतपुर आँखा अस्पतालका उपनिर्देशक एवं आँखा रोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठको नेतृत्वको प्राविधिक टोलीले आँखा परीक्षण तथा शल्यक्रिया गरेको थियो । दुवै शिविरमा नेत्रहीन संघ पुनर्स्थापना कार्यक्रम गोरखाले सहकार्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय