latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

बुटवल, १२ पुस । रुपन्देहीमा एक लाख अव्यवस्थित बसोबासीमध्ये तीन हजार जनाको लालपूर्जा तयार भएको छ । त्यसमध्ये पहिलो चरणमा १८ जनाले जग्गाधनी प्रमाणपूर्जा पाएका छन् ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अनुसार जिल्लामा अव्यवस्थित बसोबासीहरुको संख्या करिब एक लाखको हाराहारीमा छ । ‘हामीले पहिलो चरणमा १८ जनालाई पूर्जा वितरण गर्‍याैँ, तीन हजार लालपूर्जा तयार छन्, तिनलाई पनि क्रमशः वितरण गर्छौं,’ उनले भने ।

बुटवल उपमहानगरपालिकामा एक कार्यक्रमका बीच १८ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो । बुटवल उपमहानगरपालिका वडा नं. १९ का १२ र मायादेवी गाउँपालिका वडा नं. ८ का ६ जना जग्गाधनीलाई पूर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष आचार्यले जानकारी दिए । लालपूर्जा पाएपछि जग्गाधनीहरु खुशी भएको पनि आचार्यले बताए । ‘हातमा पूर्जा पर्नेबित्तिकै जग्गाधनीहरु खुशी भएका छन्, अब छिटै नै तयार भइसकेका पूर्जा वितरण गरिनेछ,’ उनले भने ।

जिल्लाको बुटवल, देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपूर्जा वितरणको अन्तिम चरणमा रहेको छ । लालपूर्जा तयार भए पनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने स्थानीयहरूले बताएका छन् ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले स्थानीय तहको सहकार्यबाट नै अव्यवस्थित जग्गाको नापजाँच भएर लालपूर्जा वितरण गर्न सफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय