latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
महोत्तरी, ११ पुस

महोत्तरीमा पछिल्लो एक बर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ । एक तथ्यांकअनुसार ०७८ मा यहाँ बलात्कार, बलात्कार प्रयास र यौन दुर्ववहारका ४० र १० जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीमा आयोजनामा भएको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गर्दै महोत्तरी अपराधजन्य क्रियाकलापको चपेटामा पर्दै गएको निश्कर्ष निकालेको हाे ।

नेपाल मानव अधिकार वर्ष पुस्तक–०२३ प्रकाशन पूर्व वार्षिक समीक्षाका क्रममा महोत्तरीमा अपराधजन्य क्रियाकलापमा ह्वात्तै भएकाे बताउँदै यसकाे लागि मानवअधिकारवादीले सहि ढङ्गले खबरदारी गरिरहेको दाबी गरेको छ ।

इन्सेकका प्रतिनिधि अजयकुमार साहले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरूको प्रस्तुत गर्दै सो तथ्यांक सार्वजनिक गरेका थिए ।

सार्वजनिक गरिएको थप तथ्यांकमा परिवारजन र व्यक्तिबाट १० जनाको हत्या , बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका ४०, मानव बेचबिखन तथा ओसार पसारका १, बहुविवाह १३, बालविवाह एक, प्रहरीको गोली प्रहारबाट दुई जना घाइते गरी ६४ वटा घटना समेटिएको महिला अधिकारकर्मी तथा वोरेक महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय