latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, १० पुस

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजे सकिँदै छ । संविधानको धारा ७६(२)अनुसार राष्ट्रपति भण्डारीले ३ पुसमा एक सातााको समय दिएर प्रतिनिधिसभाका सदस्यलाई बहुमत प्राप्त गरेर प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् ।
तर, हालसम्म कुनै पनि प्रतिनिधिसभा सदस्यले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गरेका छैनन् । सरकार गठनका लागि सत्तारुढ गठबन्धन निरन्तर छलफलमा रहे पनि सहमति जुटाउन सकेका छैनन् ।

दलहरुले बहुमत जुटाएर आइतबार बेलुका ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी नगरे राष्ट्रपति भण्डारीले अल्पमतको सरकार गठन गर्नुपर्ने हुन्छ ।
संविधानको धारा ७६(२)अनुसार सरकार गठनका लागि दिएको समय दलहरुले गुजारेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठनका प्रक्रिया थाल्नुपर्ने कानुन व्यवसायीहरु बताउँछन् ।

‘आज बेलुका ५ बजेसम्म धारा ७६ (२)अनुसार सरकार गठन नभए राष्ट्रपति भण्डारीले ७६ (३)अनुसार सरकार गठनको प्रक्रिया थाल्नुपर्छ,’ संवैधानिक कानुनविद् डा विपीन अधिकारी बताउँछन् ।

अधिकारीको तर्कसँग वरिष्ठ अधिवक्ताद्वय चन्द्रकान्त ज्ञवाली र उद्धव चौलागाईं सहमत छन् । ‘बेलुका ५ बजेसम्म धारा ७६ (२)अनुसार सरकार गठन भएन भने ७६ (३)अनुसार राष्ट्रपति भण्डारीले सरकार गठनको प्रक्रिया थाल्नुपर्ने संवैधानिक बाध्यता हो,’ वरिष्ठ अधिवक्ताद्वय ज्ञवाली र चौलागाईं बताउँछन् ।

संविधानको धारा ७६को उपधारा ३ अनुसार सरकार गठन भएमा फेरि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । संविधानको धारा ७६ को उपधारा ३ मा लेखिएको छ, ‘प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीज दिनभित्र उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल कांग्रेस रहेको छ र कांग्रेसको संसदीय दलको नेता शेरबहादुर देउवा रहेका छन् । जसकारण संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार गठन भएमा देउवा नै प्रधानमन्त्री हुनेछन् । तर, उनले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय