latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
लन्डन, १० पुस
द सन अखबारले राजकुमार ह्यारीकी पत्नी मेघनको बारेमा जेरेमी क्लार्कसनको स्तम्भ प्रकाशित गरेकोमा खेद व्यक्त गरेको छ । सो स्तम्भलाई लिएर पत्रिकाले ‘इमानदारीपूर्वक क्षमा’समेत मागेको छ । गत हप्ता क्लार्कसनले मेघनलाई ‘आधारभूत स्तरमा’ घृणा गरेको लेखेपछि प्रेस नियामकमा २० हजारभन्दा बढी उजुरी परेको थियो ।

पछि उनले द सनको वेबसाइटबाट उक्त स्तम्भ हटाउन आग्रह गरेका । उक्त लेख इन्डिपेन्डेन्ट प्रेस स्टयान्र्डड अर्गनाइजेसन (आइपीएसओ)को सबैभन्दा बढी गुनासो गरिएको लेख बनेको थियो । लेखलाई लिएर मंगबारसम्म २० हजार ८ सय गुनासा आएका थिए ।

गुनासा बढेपछि लेखकले ‘भविष्यमा बढी साबधानी’ दर्शाउने बताएका थिए पनि पत्रिकाले लेखको सामग्री लेखकका नितान्त व्यक्तिगत विषय भएको बताएको थियो । १६ डिसेम्बरमा प्रकाशित क्लार्सनको स्तम्भ सामाजिक सञ्जालमा पनि व्यापक आलोचित भएका थियो ।

लेखककी छोरी एमिलीले पनि आफ्नो बुबाको बिचारसँग आफू असहमत भएको बताएकी थिइन् ।

उनले गत हप्ता भनेकी थिइन्, ‘म यो स्पष्ट पार्न चाहन्छु कि म मेरो बुबाले मेघन मर्केलको बारेमा लेखेका सबै कुराको विरुद्धमा उभिन चाहन्छु । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय